चर्चित गायक तथा संगीतकार ‘बप्पी दा’ को निधन

हेटौँडा/ ‘बप्पी दा’ को नामले परिचित भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा बुधबार आज बिहान निधन भएको छ ।

एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएकोमा आज बुधबार बिहान निधन भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

सन् १९५२ मा कलकत्तामा जन्मिएका लहरी भारतको रङ्गिन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित थिए । बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ुआइ एम अ डिस्को डान्सरु,ुयार बिना चेन कहाँ रे, रात बाँकी,बम्बइ से आया मेरा दोस्तु लगायत गीत चर्चित छन् ।

 

मनोरञ्जन मुख्य समाचार समाचार