प्राङ्कस्टार सेढाईं पक्राउ

हेटौँडा/ प्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। प्राङ्कको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

आठ वर्षदेखि प्राङ्क भिडियो बनाउँदै आएका आकाशको नेपाली प्राङ्कस्टार नामक युट्युब च्यानल रहेको छ। जसमा पाँच लाखभन्दा धेरै सब्सक्राइबर रहेका छन्।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले ३ फागुनमा प्रहरीलाई पक्राउ अनुमति दिएको थियो।

प्रदेश समाचार मनोरञ्जन मुख्य समाचार समाचार समाज स्थानीय