रुसद्वारा युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका सैनिक हटाउने घोषणा

हेटौँडा/ रुसले युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका केही सैनिक हटाउने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो सैनिक अभ्यास जारी रहे पनि सिमानाबाट केही टुकडी फर्काउने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले रुसको कुरामा विश्वास गरिहाल्ने अवस्था नरहेको जनाएको छ । रुसी सैनिक सिमानाबाट फिर्ता भएको नदेखेसम्म उसको कुरामा विश्वास गर्न नसकिने युक्रेनको भनाइ छ । यसैगरी नेटोले पनि रुसी सैनिक सिमानाबाट फिर्ता गर्ने कुराको पुष्टि हुने प्रमाण नभेटिएको जनाएको बीबीसीको समाचारमा उल्लेख छ । रुसले युक्रेनको सीमा क्षेत्रमा आफ्ना सैनिक खटाएपछि रुसले युक्रेनमा आक्रमण गर्न लागेको आशंका गरिएको थियो । अमेरिका लगायतका देशहरूले रुसको तीव्र आलोचना गरेका थिए । रुसले युक्रेनमा आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न भनेको थियो

 

अन्तराष्ट्रिय मुख्य समाचार समाचार