प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईलाई गर्‍यो सरकारले बर्खास्त

हेटौंडा / बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको भन्दै उनलाई बर्खास्त गरेको हो ।

परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको,ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिबिधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरीएको बागमती सरकारका प्रबक्ता समेत रहेका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिए ।

चौलागाई २०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार स्थानीय