आज देशभर मौसम सफा रहने

हेटौँडा/ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनिय प्रणाली नरहेको हुँदा देशको पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसमसामान्यतया सफा रहने छ।

आज दिउँसो देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

 

मुख्य समाचार समाचार समाज