हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । एमसीसी विरुद्धको संयुक्त मोर्चा मकवानपुरले एमसीसी चाँहिदैन, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी हामिलाई चाहिँदैनलगायतको नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरेको हो ।

प्रदर्शनमा एमसीसी विरुद्धको संयुक्त मोर्चा लेखिएको कालो ब्यानर प्रयोग गरिएको छ भने विभिन्न विद्यालयको पोशाक लगाएका विद्यार्थीहरु सहभागी छन् । एमसीसी विरुद्ध आज ८ दलीय मोर्चाले देशैभर प्रदर्शन गर्ने जनाएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादीलगायत ८ दलीय मोर्चाले प्रदर्शन गरिरहेका छन् ।

एमसीसीका विरुद्ध हेटौंडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संगठनहरुले पनि केही दिन अघि प्रदर्शन गरेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी संसद्मा टेबुल गर्ने पक्षमा देखिएको छ भने सत्तारुढ दलकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने प्रदर्शनमा उत्रिएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय