वर्तमान सरकारको आयू बढिमा एक वर्षमात्रैः अध्यक्ष ओली

 

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गर्नु भएको छ ।

आज भक्तपुरको सुर्य विनायकमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अव एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताउनु भएको हो । अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिनु भयो । अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान समेत गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो । ००००

मुख्य समाचार राजनीति समाचार