भोली बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन

 

काठमाण्डौ । संघीय संसद सचिवालयले भोलीको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

भोली दिउँसो १ बजे बोलाईएको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषय भने समावेश गरिएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७÷०७८ पेश गर्ने उल्लेख गरिएको छ ।

भोली बिहान संसद् बैठक अघि सत्ता गठबन्धनको बैठक बस्दैछ । सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद् बैठकमा टेबल गर्ने तयारी गरेको छ । सरकारले आफ्ना एजेन्डाहरू अघि बढाउन कार्यव्यवस्थामा सभामुख र दलहरूसँग औपचारिक आग्रह गर्ने चलन छ । कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिवालयले जनाएको छ ।००००

मुख्य समाचार राजनीति समाचार