मनहरीका निकुञ्ज प्रभावितलाई खाद्य अधिकारमा चुनौति

हेटौँडा/ जिल्लाको मनहरी गाउँपालिकाको निकुञ्ज प्रभावित क्षेत्रका नागरिकहरुलाई दिनप्रतिदिन खाद्य अधिकारमा चुनौती बढेको छ । उनीहरुको निकुञ्जका कारण जिविकोपार्जनमा समस्या हुँदा खाद्य अधिकारमा चुनौती बढेको हो । मनहरीको ल्होथर, सुनाचुरी, नयाँवस्ती, रमौली प्रतापपुर, जोगीताल र आसपासका ठाउँहरु निकुञ्ज प्रभावित क्षेत्र भएकाले बर्षभरी दुःख गरेर उब्जाएको खाद्यान्न समय–समयमा जंगली जनावरहरुले नस्ट गर्ने र दुःख दिइरहने भएकाले जिविकोपार्जनमा समस्या भएको स्थानियहरुको गुनासो छ ।

आफनो नाममा जग्गा हुँदा पनि हरेक काम गर्न निकञ्जलाई सोधिरहनुपर्ने र भूमिको स्वामित्व नभएकाले आफुले गर्न लागेको काममा बाधा हुँदा जीवन निर्वाह गर्न धौ–धौ हुनेगरेको उनीहरु बताउँछन् । जंगली जनावर आएर दुःख दिइरहने भएकाले मानिसको ज्यानको समेत सुरक्षा नहुने स्थानियहरुको भनाई छ । निकुञ्जले मानिसको ज्यानको सुरक्षाको लागि केही वास्ता नगर्ने र ज्यानको सुरक्षाको लागि चालेको कदमले जनावरमा केही भएमा निकुञ्जले कारवाही गर्ने गरेको भन्दै स्थानीयहरु गुनासो गर्छन् ।

आज मनहरीको ल्होथरमा फियान नेपालले मनहरी ६ र ७ नम्वर वडाका निकुञ्ज प्रभावित क्षेत्र खाद्य अधिकार समूहका सदस्यहरुका लागि आयोजना गरिएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता र सो सम्बन्धी विद्यमान कानूनी प्रवधान सम्बन्धी अभिमुखिकरण कार्यक्रममा खाद्य अधिकार मानव अधिकार भएता पनि मध्यवर्ती क्षेत्रका बासिन्दाले मानव अधिकारको अनुभूति गर्न नपाएको विषयमा छलफल भएको थियो । तू खबरबाट 

मुख्य समाचार समाचार समाज स्थानीय