हेटौंडा- १० मा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा नेपाली कांग्रेको वडा कार्यालय स्थापना गरिएको छ । कांग्रेस मकवानपुरका सल्लाहकार तथा नेपाल विद्यार्थी संघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालले एक कार्यक्रमबीच रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै धमाधम पार्टी कार्यालय स्थापना भइरहेको छ । कांग्रेस हेटौंडा–१० अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति राजेश बानियाँ तथा नगर सभापति उत्सव इटेनीलगयात नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना कांग्रेस प्रवेश गरेका थिए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी बैशाख मसान्तमा गर्न मिति घोषणा गरिसकेको छ ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय