हेटौंडामा बन्दै छ अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडा र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । २०८१ सम्म्मा भवन निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष प्रदेश सरकारको रहेको छ । कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बताउनुहुन्छ । राजमार्ग संगै जोडिएको यस बजारका कारण देशभरीबाट तरकारी तथा फलफूल ल्गाउन र अन्यत्र लैजानका लागि सहज हुने भएको छ ।

दुई विगाहा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ। ‘यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिने व्यावस्था गरिने तयारी छ । कोल्ड स्टोर्ससहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाईदा हुने प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधान बताउनुहुन्छ ।

कृषि थोक बजार संचालन भएपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने प्रधानले बताउनुभयो । निर्माण भएपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकहरुले उचित मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय कृषि उपज पाउने पनि दाबी गरिएको छ। दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण भइरहेकोे छ ।

 

कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय