जसपाको बैठक बस्दै,बैठक आज बाट काठमाडौंमा शुरु हुँदै

हेटौँडा/ आन्तरिक बिवादका कारण लामो समयदेखि बस्न नसकिरहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बाट काठमाडौंमा शुरु हुँदैछ ।

वालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय तहको निर्वाचनसम्मको एजेण्डामा छलफल गर्ने भएको छ ।

‘आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको बिधान सम्मेलन गर्नेलगायत एजेण्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रिय बिभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।’

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

मुख्य समाचार राजनीति समाचार