रेग्मी बने मकवानपुरगढी-३ का सफल चेस खेलाडी



१४ फागुन,मक्रान्चुली- होमकुमार रेग्मी मकवानपुरगढी गाउँपालिका वडा नं-३ का सफल चेस खेलाडी भएका छन् ।मकवानपुरगढी वडा नं ३ मा आज शनिबार भएको चेस प्रतियोगितामा रेग्मी प्रथम भई रु. ६ हजार र प्रमाणपत्र पाउन सफल भएका छन् ।

यस्तै प्रतियोगितामा रुपक अधिकारी द्वितीय भइ रु. ३ हजार र सुर्य सापकोटा तृतीय भइ रु. १ हजार जित्न सफल भएका छन् । वडा नं ३ का १६ जना खेलाडी सहभागी भएको प्रतियोगितामा सागर लम्साल र बिदुर हुमागाई सान्त्वना भएका खेलका संयोजक उद्दब प्रसाद सापकोटाले बताउनु भएको छ।

गढि स्टार स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिताको संचालन चेस खेलका जिल्ला खेलाडीद्वय नवीन श्रेष्ठ र बलराम संजेलले गर्नुभएको थियो ।

प्रतियोगितामा नगद पुरस्कारको सौजन्य वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले रु. १० हजार र वडा नं ३ कै दाजुभाइ सुवास अधिकारी र उत्तम अधिकारीले रु. ५ हजार सहयोग गर्नुभएको थियो ।

अब छिट्टै मकवानपुरगढी गाउँपालिकाको वडा स्तरीय खेलको आयोजना गरिने आयोजक गढि स्टार स्पोर्ट्स क्लबले जनाएको छ ।

मुख्य समाचार रोचक समाचार समाज स्थानीय