एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

हेटौँडा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। अध्यक्ष ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था,स्थानीय तहको चुनाव लगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको रिजालले बताए। प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको विषयमा पनि अध्यक्ष ओलीले पार्टीको धारणा राख्ने छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट ध्वनी मतले एमसीसी अनुमोदन भएको थियो । यद्यपि एमाले भने सो प्रक्रियामा सामेल भएन।

अरुबेला जस्तै त्यसदिन पनि एमालेले आफ्ना माग राख्दै प्रतिनिधि सभामा नाराबाजी गरेको थियो। एमाले सांसद् भीम रावलले भने एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिएका थिए।

मुख्य समाचार राजनीति समाचार