कांग्रेस मकवानपुरको सह–सचिवमा न्यौपाने र बजगाई विजयी

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निशान विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सह–सचिवमा न्यौपाने र बजगाई विजयी भएका हुन् ।
सह–सविचमा निर्वाचित न्यौपानेले ८ सय ५० र बजगाईले ५ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै सह–सचिवका अन्य उम्मेदवारहरुमा मिरा स्याङतानले ५ सय २०, रत्नबहादुर गोलेले ४ सय १४, अर्जुनप्रसाद तिवारीले ३६२, कृणप्रसाद दहालले २ सय ६९ र सुमन कार्कीले १ सय २६ मत प्राप्त गरेका छन् ।
सह–सचिवमा विजयी भएका न्यौपाने सभापतिका प्रत्यासी जयराज लामिछाने समूहबाट चुनावी मैदानमा थिइन भने बजागाई सभापतिमा विजयी लामा समूहबाट चुनावी मैदानमा थिए ।
सोमबार सम्पन्न निर्वाचनपछि दोस्रो चरणबाट सभापतिमा भने बुद्ध लामा सर्वसम्मत चयन भएका थिए ।

Uncategorized