हेटौंडा-७ मा रहेको पशुपति मन्दिरको साधारणसभा सम्पन्न

हेटौँडा/ हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको २२ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ।

मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष केदार मिश्र,न्युरेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञान बहादुर थापा,सुबोध रिमाल,रघुनाथ आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानियको सहभागिता रहेको थियो।सभाले आगामी कार्यकालका लागि पुनस् कृष्ण प्रसाद घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सभामा समितिका अध्यक्ष घिमिरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

Uncategorized समाज