बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा मकवानपुरगढी गाउँपालिका

२४ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ । आउँदो चैत्र १२ गते पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो ।

त्यसैको तयारीको लागि पालिकामा आज बसेको कार्यपालिका बैठकले यहि फागुन २७ गते पालिकाका सम्पूर्ण वडाहरुलाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम तय गरेको र चैत्र १२ गते वडा नं ५ को धादिङ्ग चौरमा भब्य कार्यक्रमका साथ पालिकालाई नै बालमैत्री गाउँपालिका घोषणा गर्ने निर्णय भएको प्रमुख पुडासैनीले जानकारी दिनुभएको छ । तयारी स्वरूप बिगत समय देखी नै बालमैत्री सम्बन्धि विभिन्न चरणका कार्यक्रमहरु हुँदै आइरहेका थिए ।

यो संगै मकवानपुरगढी गाउँपालिका जिल्लाकै तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुँदैछ । यस अघि मनहरी र बकैया गाउँपालिका क्रमश: पहिलो र दोश्रो बालमैत्री गाउँपालिका घोषणा भैसकेका छन्  ।

प्रदेश समाचार मुख्य समाचार रोचक समाज