स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय नेता

हेटौँडा/ नेपाली कांग्रेसले आउँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरेर देशका ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाएको छ ।

स्थानीय तह निर्वाचनको तयारी गर्न यही फागुन २९ देखि सञ्चालन गरिने एक महिने अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाइएको हो ।

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि अभियान सञ्चालन गर्न लागिएको जनाईएको छ ।

Uncategorized मुख्य समाचार राजनीति समाचार