कस्तो रहला आजको मौसम ?

हेटौँडा/ बुधबार प्रदेश १ र मधेश प्रदेशको भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। आज राति पनि देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बिहिबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का पहाडी तथा उच्च हिमाली भु(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु(भागमा आंशिक बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु(भागमा अप्रान्ह पछि एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

समाज