माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदै

हेटौँडा/ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।

भेलाको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए । आगामी बैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । उक्त भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने केन्द्रीय प्रचार विभागका सदस्य खड्काले बताए । तु खबरबाट

मुख्य समाचार राजनीति समाचार