सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

हेटौँडा/ सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ।

दिउँसो ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। महतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पत्रकार सम्मेलनमा उपस्थित हुने छन्।

कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान सञ्चालनका लागि देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो। सोही अनुरुप सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने छन्।

अभियान अन्तरगत फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।

सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन नेताहरुलाई निर्देशन दिएका थिए।

देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने मुड बनाएका छन् तर अन्य नेताहरु भने कांग्रेस एक्लै चुनाव लड्नु पर्नेमा जोड दिँदै आएका छन्।

मुख्य समाचार राजनीति समाचार