अध्यक्ष ओली आज रंगेली आउँदै

हेटौँडा/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

मुख्य समाचार राजनीति समाचार