एमाले मकवानपुरमा जिम्मेवारी बाडफाड, जिल्ला कमिटीमा २८ जना मनोनित, १३० सदस्यीय सल्लाहकार समिती

 

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले २८ जना नेताहरुलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
एमालेको बुधबार बसेको दोश्रो जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्य, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मन्चमा सदस्यहरु मनोनीत गरेको हो ।

बैठकले जिल्ला कमिटी सदस्यमा सन्तोष चौलागाई, शिबहरि दाहाल, धरमबहादुर लामा, जगन्नाथ पाण्डे, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, ईश्वर मैनालीलाई मनोनित गरेको छ । यस्तै सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमार केसी, विमला बर्तौला, सरिता परियार लगायत मनोनित भएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला कमिटी बैठकले नेकपा एमालेको बिधानमा ब्यबस्था भए अनुसार १३० जना पार्टी नेतालाई सल्लाहकारमा चयन गरेको छ । ७० वर्षभन्दा बढी उमेरका पार्टीका नेताहरुलाई सम्मान गर्ने गरी ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरि जिम्मेवारी प्रदान गरिएको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बैठकले विभिन्न २२ वटा जनबर्गिय संगठन, क्षेत्रीय, नगर र वडा कमिटीहरुमा इन्चार्ज र सह इन्चार्जहरुको जिम्मेवारी वाडफाड गर्दै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यक्षेत्र विभाजन गरिएको छ ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, बलराम बल भोजराज ढकाल लगायतको उपस्थित रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय