युक्रेनमा रहेका धेरैजसो नेपालीको उद्धार, ३८ परिवार बाहिरिन सकेनन्

 काठमाडौं । रुसको जारी सैन्य आक्रमणका कारण असुरक्षित बनेको युक्रेनमा रहेका धेरैजसो नेपालीको उद्धार भइसकेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ। 

तर ३८ नेपाली परिवार भने व्यवसायसहित स्थायी बसोबासी भएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेको उनले जानकारी दिए। 

पछिल्लो तथ्यांकअनुसार हालसम्म पोल्यान्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ जना नेपाली माल्दावा पुगेका हुन्। राजदूत खड्काका अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल जाने तयारीमा छन्।  

युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। 

राजदूत खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएको दाबी गरे। बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारण समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले युद्धपीडित नेपालीहरूको पुनस्र्थापनाका लागि आर्थिक संकलन गर्न आग्रह गरेका छन्। दाहालको संयोजकत्वमा युद्ध पीडितका लागि आर्थिक सहयोग संकलन समिति गठन गरिएको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।  

उनका अनुसार २०३ जना नेपालीलाई संघको पहलमा बसोबासको व्यवस्था मिलाइएको छ। एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र तीमध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाईजहाज मार्फत नेपाल आएको जानकारी दिए।

मुख्य समाचार राजनीति