आज विश्व मिर्गौला दिवस, मृत्‍यु पश्चात अंगदान गर्न स्वास्थ्य मन्त्री खतिवडाको आग्रह

हेटौँडा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्‍यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।

बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मृत्‍युपश्चातको अंग दान गरेमा मिर्गौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए ।

मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मिर्गौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुन सक्ने भन्दै आत्तिनु नहुने बताए । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।

१० मार्चको दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य