नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

हेटौँडा/ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि सुरू भएको छ । बुधबारदेखि सुरु भएको उक्त बैठक बबरमहलस्थित कार्की बैंङक्वेटमा जारी रहेको छ ।

बुधबारको बैठकमा पार्टीका अध्यक्ष माधव नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि बुधबारबाटै ९ समूहमा विभाजन गरेर छलफल भइरहेको छ । बैठकले अब आगामी स्थानीय तहको निर्वाचनबारे तयारी तथा कार्ययोजनामा केन्द्रित हुनेगरी निर्णय गरेर सम्पन्न हुने बताइएको छ । राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सकेर आजै निष्कर्ष सुनाइने र बैठक पनि अन्त्य गरिने जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार