पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब कुनको कति (सूचिसहित)


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य १५५ र मट्टितेल १३८ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २००,०० ले बृद्धि गरी नयाँ बिक्री नयाँ बिक्री मूल्य प्रति कि.लि. अमेरिकी डलर १,४९५ कामय गरिएको छ ।

अर्थ मुख्य समाचार समाज