एमाले बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित

हेटौँडा/ नेकपा एमाले बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित भएका छन् । प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर, हरिबहादुर महत, ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् ।

एमाले बागमतीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो ।

एमाले बागमती प्रदेशका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता तथा एमालेका केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा फागुन २६ गते काठमाडौंमा बसेको बैठकले उनीहरुलाई प्रदेश कमिटीमा मनोनयन गरेको हो ।

यस्तै, बैठकले पार्टीका प्रत्येक सदस्यहरु कुनै न कुनै कमिटीमा आवद्ध हुने र कमिटीका प्रत्येक सदस्यले गरेका कार्यको मापन गर्न सकिने गरी जिम्मेवारी प्रदान गरेको जनाएको छ । प्रत्येकलाई व्यक्तिगत अनुभव र रुचि अनुसार, पार्टी काममा आवश्यकताको आधारमा जिम्मेवारी बाँडफाँड गरिएको दावी गरेको छ ।

राजनीति समाचार