नेपालमा थप ३५ जनामा संक्रमण पुष्टि

हेटौँडा/ नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २ सय ६८ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ जना पुगेको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभरका २ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

समाचार समाज