स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगको तयारी

हेटौँडा/ निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार, यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी दिए ।

यस्तै, निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम संचालन भइरहेको छ । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ ।

समाचार