चुनावी घोषणापत्र तयार गर्नका लागि एमालेको कार्यदल गठन

हेटौँडा/ नेकपा एमालेले चुनावी घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाल,नेताहरू देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व-अर्थमन्त्री डा।युवराज खतिवडा,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा। दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व-कार्यकारी अधिकृत सुशील ज्ञवाली रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

स्थानीय निर्वाचनको घोषणापत्र पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते घोषणा हुने उनले बताए। पार्टीको केन्द्रिय कार्यालयको तर्फबाट पार्टीको क्यालेन्डर तय गर्ने समेत बताए। पार्टीको हरेक गतिविधि क्यालेन्डर अनुसार नै सञ्चालन हुने उनले बताए। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित ११ वटै कार्यसूची सर्वसम्मतले पारित गरेको समेत बताए।

मुख्य समाचार राजनीति समाचार