मतदाताको अन्तिम नामावली प्रकाशनको तयारी

हेटौँडा/ निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।

यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको गरिसकेको छ । आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको प्रवक्ता शर्माले बताए ।

मुख्य समाचार राजनीति समाचार