कस्तो रहला आजको मौसम ?

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखा अनुसार हाल पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश-१ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार आज राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थान र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । पानी पर्ने सम्भावना देखिएको छैन ।

समाज