प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुडासैनी सर्वसम्मत चयन

हेटौँडा/ प्रणामी समुदायका युवाहरुको साझ संस्था प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विनोद पुडासैनी सर्वसम्मत चयन भएका छन् ।

संघको शनिवार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले पुडासैनीको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश वाग्ले, उपाध्यक्षमै रमेश मुडवरी, सचिवमा सागर उप्रेती, कोषाध्यक्षमा भरिपूर्ण नेपाल, सहसचिवमा राजेश वाग्ले चयन भएको संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।

यसैगरी सदस्यहरुमा लक्ष्मण गिरी, नवीन तिमल्सिना, अनिल सापकोटा, रमेश वाग्ले, सुमन लम्साल, पुरुषोतम फुयाँल, मिलन दंगाल, प्रकाश खनाल, श्याम नेपाल र अर्जुन ढकाल चयन भएका छन् । निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा बैठक बसेको थियो । केही महिनाअघि संघको मकवानपुर शाखाको तदर्थ समिति गठन गरिएको थियो ।

हेटौंडामा मुख्य कार्यालय रहेको संघको चितवन, बारा, पर्सा रौतहट, सर्लाही गरी करिब एक दर्जन जिल्लामा शाखा विस्तार भइसकेको केन्द्रीय अध्यक्ष वाग्लेले बताए । जनपत्रबाट साभार

समाज