लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

हेटौँडा/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए ।

मुख्य समाचार राजनीति समाचार