कांग्रेस मकवानपुरको विवाद सतहमा, इतर समूहले दियो यस्तो चेतावनी

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको विवाद सतहमा देखिन थालेको छ । जिल्ला कार्यसमितिको बहुमत पदाधिकारी विजयी भएको सस्थापन इतरलाई वेवास्ता गर्दै सभापति बुद्ध लामाले एकपक्षिय ढंगबाट चुनावमा पराजित भएकाहरुलाई मनोनित गरेको भन्दै सस्थापन इतरले विद्रोह गर्ने चेतावनी दिएको छ ।

कांग्रेसको जिल्ला अधिवेशनमा सस्थापन पक्षले नमिठो पराजय बेहोरेपछि त्यसलाई “फुलफिल” गर्न हारेकैहरुबाट भटाभट मनोनित गर्न थालिएपछि सस्थापन इतरको समूह आक्रोशित भएको हो । जिल्लामा सस्थापन पक्षका नेता तथा बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानीयाँ पक्षले जिल्लाको पदाधिकारीसँग समेत छलफल नगरि विधानको ब्यवस्था अनुसार भन्दै एकपक्षिय ढंगले जिल्ला सदस्यहरु मनोनित गरेको सस्थापन इतरको आरोप छ । अझ स्थानीय तहको निर्वाचनमा सस्थापन पक्षले आफु निकट ब्यक्तिहरुलाई मात्र टिकट निदे शंकेत पाएको सस्थापन इतर समूहले हेटौँडाको एक होटलमा भेला गरेर त्यसो भए विद्रोह हुने शंकेत दिएको छ ।

बैठकबारे सस्थापन इतर समूहका एकजना नेताले भने “निर्वाचनको कुरालाई भुलेर सभापति ज्यू कांग्रेस एक ढिक्का बनाउँदै, सबैसँग छलफल र सहकार्य गर्दै अघि बढ्नुपर्ने थियो तर उहाँनै गुटको नेता जस्तो पो देखिनु भयो, यो जस्तो लज्जाजनक विषय अरु हुनै सक्दैन नि रु अझै पनि हिजोको गल्तिलाई सच्याएर उहाँ अघि बढ्नु हुन्न भने हामी पनि सोहि अनुसारको प्रतिरोध गर्छौ ।”
बैठकमा स्थानीय तहको निर्वाचनमा समेत सस्थापन पक्षबाट पेलेर जाने प्रयास भए “बागी” उम्मेद्वार समेत खडा गर्न सकिनेसम्मको विषयमा छलफल भएको श्रोतको दाबी छ । खबरब्रेकबाट साभार

मुख्य समाचार राजनीति समाचार