मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता

हेटौँडा/ मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको मतदाता संख्यामा मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता रहेका हुन् ।


आयोगले सार्वजनिक गरेको तथ्यांकमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेका छन् । जसमध्ये १ लाख ४९ हजार ९ सय ५४ पुरुष, १ लाख ४४ हजार ९ सय ५९ महिला र ६ जना ‘अन्य’ रहेका छन् । थाहा नगरपालिकामा एक, बकैया गाउँपालिकामा २ र हेटौंडा उपमहानगरपालिकामा ३ जना ‘अन्य’ मतदाता रहेका छन् ।
आयोगका अनुसार मकवानपुरमा १ सय ६५ निर्वाचन स्थाल र ३ सय ५६ निर्वाचन केन्द्र तय भएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज