साना दललाई आफ्नै चुनाव चिह्न दिने आयोगको निर्णय

हेटौँडा/ निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा साना दललाई आ–आफ्नै दलको चिन्ह्रमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत्र ६ गतेसम्म समय दिइएको थियो । त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह्र दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकराी दिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले आफ्नो पार्टीको चिन्ह्र लिएर चुनावमा भाग लिन नपाउने अवस्था थियो । उनीहरुले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आएपछि विरोधका कार्यक्रम गर्दै आएका थिए ।

मुख्य समाचार राजनीति