एनआरएनएले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने

हेटौँडा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्। सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झै–झगडा हामीले सिद्ध्यायौँ। अब केही बाँकी छैन। त्यतातिर नजाऔँ।’

आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। नयाँ निर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ। आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए।

 

 

 

मुख्य समाचार राजनीति समाचार समाज