लोेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

हेटौँडा/ लोेकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ ।

स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल बिहीबारबाट सुरु बैठक आज पनि बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ ।

बिहीबारको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार हिजोको बैठकमा निर्वाचनका बारेमा आफ्नो मत राखेका हुन् ।

उनले नेताहरूले बोल्ने क्रम नसकिएकोले आज पनि बोल्ने प्रक्रिया जारी रहने बताए ।

मुख्य समाचार राजनीति