हेटौंडामा लागुऔषध सहित ७० वर्षीय राय पक्राउ

हेटौँडा/ मकवानपुर प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश राय रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रायलाई हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले करिब ५ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राय माथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाज