बक्यौता रकम नबुझाउने तीन क्यासिनोको अनुमतिपत्र रद्द

हेटौँडा/ पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोको बक्यौता रकम असुल गराउन निर्देशन दिएपछि विभागले पाँच दिनको अल्टिमेटम दिएको थियो ।

बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि क्यासिनो कम्पनीले सरकारलाई तिर्नु पर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन विभागले कारबाहीका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई हिजो पत्राचार गरेको छ । पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालि काठमाण्डौको ३० करोड ३८ लाख रुपैयाँ, ह्याप्पी आवर काठमाडणौको ३० करोड १७ लाख रुपैयाँ र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ सरकारलाई क्यासिनो सञ्चालन बापत तिर्नु पर्ने बक्यौता बाँकी रहेको छ । पटक पटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्राचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्ररअनुमतिपत्र रद्द गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६र०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । हाल सम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज