नेपालमा थप ३३ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा थप ३३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा र २ हजार १ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

समाज