स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको वडागत मतदाता संख्या

२१ चैत्र ,मक्रान्चुली- आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका भरीमा मतदाता संख्या १९ हजार ११८ रहेको छ ।

निर्वाचन आयोगसँग भएको तथ्यांक अनुसार सबै भन्दा धेरै मतदाता वडा नम्बर २ मा रहेका छन् । २ नम्बर वडामा ३०८० मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा थोरै मतदाता वडा नम्बर ८ मा छन् । त्यहाँ १५२२ मतदाता छन् ।

तथ्यांक अनुसार वडा नम्बर १ को आँपटार आधारभुत विद्यालय मतदान केन्द्रमा १९६७ जना , वडा नम्बर २ को चण्डिका माध्यमिक विद्यालय मतदान केन्द्रमा ३०८० जना र वडा नम्बर ३ भानु माध्यमिक विद्यालय मतदान केन्द्रमा २५८४ मतदाता रहेका छन् ।

यस्तै वडा नम्बर ४ को ज्वालादेवी आधारभुत विद्यालय मतदान केन्द्रमा ११६२ र मनकामना माध्यमिक विद्यालय मतदान केन्द्रमा १०५६ गरेर जम्मा २२१८ जना मतदाता छन् भने वडा नम्बर ५ को शारदा माध्यमिक विद्यालय मतदान केन्द्रमा ३०१२ मतदाता रहेका छन् ।

२ वटा मतदान केन्द्र रहेको वडा नम्बर ६ को जनक माध्यमिक विद्यालय मतदान केन्द्रमा ६६६ र जालपादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा १८०७ गरेर जम्मा २४७३ जना मतदाता रहेको छन् । त्यस्तै वडा नम्बर ७ को गिताधर्म आधारभुत विद्यालय मतदान केन्द्रमा ६७९ जना र जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा १५८३ जना गरेर जम्मा २२६२ मतदाता छन् ।

सबैभन्दा कम जनसंख्या रहेको वडा नम्बर ८ मा भने ऋषेश्वर आधारभुत विद्यालय मतदान केन्द्रमा ३६७ जना र रुपनारायण माध्यमिक विद्यालय मतदान केन्द्रमा ११५५ जना गरि जम्मा १५२२ जना मतदाता रहेका छन् ।

२०७९ बैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको संख्या समाबेश भएको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य समाचार रोचक शिक्षा समाचार समाज स्थानीय