राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा १ दिने लघु गोष्ठी सम्पन्न

राजकुमार केसी, 

२१ चैत्र , हेटौंडा- राष्ट्रिय सहकारी दिवस २०७८को अवसरमा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा १ दिने लघु गोष्ठी सोमबार हेटौंडामा सम्पन्न भएको छ ।

सहकारीको वर्तमान अवस्था : समस्या र समाधान बिषयमा लघु गोष्ठी भएको हो ।

राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायाण प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा निवर्तमान संयोजक बिरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्सालको आतिथ्यता रहेको थियो ।

हेटौंडाको होटल सिमामा भएको कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लि., जिल्ला दुग्ध सहकारी संघ मकवानपुर, नेप्स्कुन हेटौंडा फिल्ड कार्यालय, लगायत बिभिन्न सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले गोष्ठीको बारेमा अवधारण पेश गर्नुभएको थियो ।

मुख्य समाचार शिक्षा समाचार समाज सहकारी