जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ घाइते

ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।

उद्धार कार्य भईरहेकाले विस्तृत विवरण पछि आउने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिए । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाईएको छ ।

 

Uncategorized