हेटौडा-६ मा माओवादी केन्द्रले स्वास्थ्यकर्मी गुरुङ्गलाई वडा अध्यक्ष उमेद्धवार बनाउदै

  • बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हेटौडा ६ ले वडा अध्यक्षमा स्वास्थ्यकर्मी राजु गुरुङ्गलाई उमेद्धवार बनाएर अगाडी बढ्ने तयारी गरेको छ ।

चौघडा निवासी गुरुङ्ग लामो समय देखी चौघडामा मेडिकल संचालन गर्दै आएकाछन् ।

पेशाले स्वाथ्यकर्मी रहेका गुरुङ्गलाई वडा अध्यक्षका लागी अगाडी बढाउने छलफल भएको माओबादी केन्द्र वडा नम्बर ६ का अध्यक्ष दिपक सापकोटाले बताउनु भयो ।
आकांक्षी धेरै रहेकाले बैठकबाट निर्णय गर्न बाँकी रहेपनि माओबादी केन्द्रले गुरुङ्गलाईनै भित्रि रुपमा तयारी गरीरहेको उनले बताए ।

राजनीति समाचार समाज स्थानीय