चुनाव लड्न जनप्रतिनिधिबाट राजिनामा दिनैपर्ने


आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिए सँगै बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको हो ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार शेर्पाले दिएको रिट खारेज गरिदिएको हो । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका छन् ।

मुख्य समाचार राजनीति