गभर्नर अधिकारीलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै कारवाही तत्काल कार्यान्वयन नगर्न तथा अधिकारीलाई पदमा रहेर काम गर्न नरोक्न भनेको हो। यस विषयमा छलफल गर्न सर्वोच्चले १३ वैशाखमा दुवै पक्षलाई बोलाइएको छ ।

बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै सरकारविरुद्ध अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

मुख्य समाचार राजनीति समाज