प्रचण्डकी बुहारी सिर्जना उपमेयरमा सिफारिस

नेकपा (माओवादी केन्द्र)ले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ।

यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजित गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए। त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ। तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ। काठमाडौंमा आज बसेको गठबन्धन दलहरुको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन।

मुख्य समाचार राजनीति समाचार